
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षमा नाफा बढेको छ । गत पुससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ ।
गत आवको सोही अवधिम कम्पनीले १ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
२५ करोड ५१ लाख रुपैयाँ सेयरपुँजी भएको बरुणको संचित कोष बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा अझै २३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।