
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ ।
हकप्रद बिक्री खुला फागुन २३ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । गत पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिने पाउने छन् ।
बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।