प्रदेश ६ को नामाकरण कर्णाली र राजधानी वीरेन्द्रनगर

<p>काठमाडौं । संघीय संरचनाअनुसार प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश नामाकरण गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकिएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकले प्रदेशको नामाकारण कर्णाली र राजधानी वीरेन्द्रनगरलाई बनाउने निर्णय अध्याधिक मतले पारित गरेको छ । सबैभन्दा पहिला नामाकारण र राजधानी तोक्ने प्रदेश नम्बर छ भएको छ । बैठकमा एमाले संसदीय [&hellip;]</p>

काठमाडौं । संघीय संरचनाअनुसार प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश नामाकरण गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकिएको छ ।

प्रदेशसभाको शनिबार बसेको बैठकले प्रदेशको नामाकारण कर्णाली र राजधानी वीरेन्द्रनगरलाई बनाउने निर्णय अध्याधिक मतले पारित गरेको छ । सबैभन्दा पहिला नामाकारण र राजधानी तोक्ने प्रदेश नम्बर छ भएको छ ।

बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेका थिए ।

प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको थियो । ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।

Share News