कामदारले चाहे तुरुन्तै छाड्न सक्ने उद्योगले निकाल्न किन नपाउने ?

<p>काठमाडौं । व्यवसायी उपेन्द्र महत्तोले नेपाली उद्योगमा कामदारको समस्या रहेको बताएका छन् । कामदारले चाहने बित्तीकै छाड्न सक्ने तर उद्योगले चाहेको बेला कामदार निकाल्न नसक्ने असमान व्यवस्था रहेको बताएका हुन् । ग्लोकलले आयोजना गरेको सीइयो अनप्लगड २०१८ मा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब युवा वर्गहरुले नेपालमै उद्यमशिलताको विकास गर्नु पर्ने बताए । उनले नेपाल [&hellip;]</p>

काठमाडौं । व्यवसायी उपेन्द्र महत्तोले नेपाली उद्योगमा कामदारको समस्या रहेको बताएका छन् । कामदारले चाहने बित्तीकै छाड्न सक्ने तर उद्योगले चाहेको बेला कामदार निकाल्न नसक्ने असमान व्यवस्था रहेको बताएका हुन् ।

ग्लोकलले आयोजना गरेको सीइयो अनप्लगड २०१८ मा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब युवा वर्गहरुले नेपालमै उद्यमशिलताको विकास गर्नु पर्ने बताए । उनले नेपाल नेपाल व्यवसाय गर्न विश्वकै उत्तम स्थल रहेको बताउँदै अध्ययनको नाममा युवाहरु बाहिरिनु नहुनेमा जोड दिए ।

स्कील टु ग्रो फर लाइफ भन्ने मुल नारा रहेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Share News