काठमाडौँ, । धितोपत्र बजारमा यस साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर १ अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६.९८ अंकमा पुगेको छ ।
यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.९१ अंकले घटेर २९३.२५ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ३ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।