तल्लो लिखु आयोजनामा ५ बैंकको ४ अर्ब १९ करोड लगानी, ४ वर्षमा सकिने

<p>काठमाडौं । सानिमा ग्रुपले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको अगुवाईमा कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको लगानी हुने भएको छ । आयोजनामा लक्ष्मीले १ अर्ब [&hellip;]</p>

काठमाडौं । सानिमा ग्रुपले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

लक्ष्मी बैंकको अगुवाईमा कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको लगानी हुने भएको छ ।

आयोजनामा लक्ष्मीले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभुले ४० करोड र जलविद्युत लगानीको ८० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
प्रवद्र्धक श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र बैंकबीच ऋण लगानी सम्झौता भएको छ । आयोजनाको कुल लागत ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्ने छन् । लगानी जुटेकाले आयोजना निर्माण हुने निश्चित भएको छ ।

श्वेत गंगा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत विकास विभागले पनि विद्युत उत्पादन अनुमतिपत्र पनि दिइसकेको छ । श्वेत गंगालाई सानिमा ग्रुप र डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको हो ।
आयोजनाबाट वार्षिक १७ करोड ८४ लाख युनिट बिजुली उत्पादन हुने भएको छ । आयोजना २०७८ साल मंसिरमा संचालनमा आउन श्वेत गंगाले जनाएको छ ।

सानिमा ग्रुपले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याककेड, साढे २ मेगावाटको सुनकोसी आयोजना सम्पन्न गरेको छ । यस्तै ५२ मेगावाटको मध्यतमोर आयोजना पनि निर्माण गर्न लागेको छ । ६० मेगावाटको जुमखोला आयोजना निर्माणका लागि अध्ययन सुरु भइसकेको छ ।

Share News