काठमाडौं । ओम डेभलपमेन्ट बैंकले धितो विनानै १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले डाक्टर, इन्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएकालाई दिने गरी ओम प्रोफेसनल लोन योजना ल्याएको छ ।

मासिक तलवका आधारमा बैंकले कर्जा दिने भएको छ । राम्रो जागिर भएकाले धितो भने राख्नु नपर्ने बैंकले जनाएको छ । बैंकले ब्याजदर भने खुलाएको छैन् । यसअघि कैलाश विकास बैंकले पनि व्यसायीक व्यक्तित्वका लागि यही योजना ल्याएको थियो ।