
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा पार्टीले लिने मन्त्रालयको टुंगो लगाएको हो ।
एमालेले अर्थ, परराष्ट्र र सञ्चार गरी १०, माओवादीले गृह र जलस्रोत तथा ऊर्जा गरी ६ मन्त्रालय पाउने भएको छ । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।
एमालेको भागमा
अर्थ तथा योजना मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय
संस्कृति तथा पर्यटन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीको भागमा
गृह मन्त्रालय
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय छन् ।