पर्यटन बोर्डको तत्कालिन कामु सीईओ सुवास निरौला भ्रष्टचारी ठहर, ७ वर्ष जेल सजाय साढे ८० लाख बिगो

<p>काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालिन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई दोषी ठहर गरेको छ । २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ । अदालतले निरौलालाई ७ वर्ष कैद, ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार ७ सय [&hellip;]</p>

काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालिन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई दोषी ठहर गरेको छ । २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ ।

अदालतले निरौलालाई ७ वर्ष कैद, ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, दासलाई ६ वर्ष कैद, ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवार गरेको छ । यस्तै खनाललाई १ लाख ५४ हजार बिगो तिराउने फैसला गरेको छ । विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासल बिहीबार फैसला सुनाएको हो ।

बोर्डमा १ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते निरौला, दाश र खनाललगायत २३ जना विरुद्ध मुद्दा दायर गरेको थियो । बोर्डका पदाधिकारी र कर्मचारीहरुले १ अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० रुपैयाँ नोक्सान पुर्याएको अख्तियारको आरोप थियो । दाश बोर्डका लेखाशाखा प्रमुख हुन भने खनाल वल्डवाइड ट्राभल्सका सञ्चालक हुन् ।

Share News