काठमाडौं । काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ६५ बर्षमै वृद्धभत्ता नदिने भएको छ । ओली सरकारकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले ६५ बर्षमै वृद्ध भत्ता दिने निर्णय खारेज गर्ने बताएका हुन् ।
उनले आफू वृद्धभत्ताको उमेर आधार वर्ष ७० नै सही भएको पक्षमा रहेको पनि बताउँदै भनिन,‘जेष्ठ नागरिकको उमेर ७० वर्ष नै सही छ ।’ निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले वृद्ध भत्ता पाउने उमेर ६५ बर्ष बनाउने निर्णय गरेका थिए । ओली सरकारले त्यसलाई खारेज गरेर ७० बर्ष नै बनाउन लागेको हो ।
उनले एनजिओ र आईएनजिओहरुको उद्देश्य पनि समाजमा टेवा पुर्याउने भए पनि लक्ष्य अनुसार उपलब्धि हाँसिल नभएको गुनासो पोखिन् ।
उनले भनिन्,‘गैरसरकारी संस्थाहरुको काम पारदर्शी हुनुपर्छ, केही केही कुरा पाएपनि, लक्ष्य अनुसारको उपलब्धि हाँसिल भएका छैनन् । उनले यसको लागि केही नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिईन् ।