९ स्थान सुधार गर्दे नेपाल भ्रष्ट्राचारको सूचकांकमा १२२ औं स्थानमा

<p>काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको बढी भ्रष्टाचार हुने देशमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सीले १८० देशहरूलाई आधारमानी निकालेको सूचिमा नेपाल १२२ औं स्थानमा परेको हो । गत वर्ष नेपाल २९ अंक सहित १३१ औं स्थानमा रहेको थियो । यो वर्ष नेपालले ३१ अकं प्राप्त गर्दे ९ स्थान माथी उक्लिन सफल भएको [&hellip;]</p>

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको बढी भ्रष्टाचार हुने देशमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सीले १८० देशहरूलाई आधारमानी निकालेको सूचिमा नेपाल १२२ औं स्थानमा परेको हो ।

गत वर्ष नेपाल २९ अंक सहित १३१ औं स्थानमा रहेको थियो । यो वर्ष नेपालले ३१ अकं प्राप्त गर्दे ९ स्थान माथी उक्लिन सफल भएको हो । ट्रान्सपरेन्सीको सूचिमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्युजिल्याण्ड पहिलो र डेनमार्क दोस्रो रहेका छन् ।

दक्षिण एशियामा सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा अफगानस्थान १७७ औं नम्बरमा रहेको छ । त्यस्तै कम भ्रष्टाचार हुने देशमा भुटान २९ औं स्थानमा रहेकाे छ। त्यसैगरी सबैभन्दा धेरै भ्रष्टाचार हुने देश सोमालिया र दक्षिणी सुडान रहेका छन् ।

 

Share News