काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशित गरेको छ ।
त्रिवीले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइटमा गई हेर्न सकिन्छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।