
काठमाडौं । सरकारले विभिन्न ४ सार्वजनिक संस्थानलाई २ अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको छ ।
गोरखकाली रवर उद्योग लिमिटेड, साना किसान विकास बैक, नेपाल विद्युत प्राधिकरण र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई गरी २ अर्ब १ करोड १६ लाख रुपैयाँ ऋण प्रदान गरेको छ ।
जसअनुसार गोरखकालीलाई २ करोड, साना किसानलाई १ अर्ब, विद्युत प्राधिकरणलाई ९२ करोड १६ लाख र जनक शिक्षालाई ७ करोड रुपैयाँ ऋण तमसुक गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै बिउविजन कार्यक्रमका लागि साना किसानलाई ८० करोड र प्रसारणलाइन पुर्वाधार निर्माण र वितरण क्षमता बढाउन विद्युत प्राधिकरणलाई १५ अर्ब रुपैयाँका लागि सहायक ऋण सम्झौता भएको छ ।
अर्थकाअनुसार यी दुई संस्थाका लागि १५ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको हो । विद्युत प्राधिकरणको प्रसारणलाइन पुर्वाधारका लागि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट प्राप्त हुने साढे ५१ अर्ब रुपैयाँबाट प्रदान गर्न लागेको हो ।
अर्थ मन्त्रालयले २७ प्रतिशत वेरुजु रकम फच्छौट गरेको छ । चालु आर्थिक वर्षको प्रारम्भमा अर्थको कुल बेरूजु रकम ४३ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा ११ अर्ब ९२ करोड रुपैयाँ फच्छौट भएको छ । वेरुजु फच्छौटमा २७ प्रतिशत प्रगति हासिल भएको अर्थले जानकारी दिएको छ ।