
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न दातृनिकायबाट गरी ९४ अर्ब ८८ करोड रुपैयाँको सहयोग प्रतिवद्धता प्राप्त गरेको छ ।
जसअनुसार अनुदानवापत ६१ अर्ब १९ करोड र ऋण वापत ३२ अर्ब ९९ करोड रुपैयाँ सहयाताको प्रतिवद्धता प्राप्त गरेको छ । चालु आवमा सरकारले ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान र २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअवधिमा एसियाली विकास बैंक (एडीबी) विश्व बैंक, भारत, चीनलगायत अन्य युरोपेली मुलुकबाट सहायताको प्रतिवद्धता प्राप्त गरेको छ । चालु आवमा सरकारले २ खर्ब ८६ अर्ब रुपैयाँ वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य लिएको छ ।