काठमडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले उक्त बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ ।

न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकहरुका लागि निशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवाको व्यवस्था गरेको बताइएको छ ।
त्यस्तै बैंकको अनुसार लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुटका साथै रू ५ लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निशुल्क बीमाको ब्यवस्था गरिने छ ।
विद्यमान अवस्थामा सर्वोच्च ब्याजदरका साथै अन्य बैंकिङ सेवामा निशुल्क/बिशेष छुटसहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैंकको प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले विश्वास लिएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप विभिन्न आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने समेत उनको भनाइ छ ।