काठमाडौं । प्रभु बैंकले रुपन्देही जिल्लाको नारायणपथस्थित भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखाको साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाबीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको हो ।