नबिल बैंकले ल्यायो सि-आस्बा सेवा सन्चालनमा

<p>काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो । बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले [&hellip;]</p>

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् ।

साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ ।

बैंकले सि-आस्बा सँगै आबद्द सेवाहरु जस्तैः सि-आस्बा रजिस्ट्रेसन, हितग्राही(डिम्याट) खाता खोल्ने, सि-आस्बा प्राणाली मार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको छ ।

Share News