काठमाडौं । श्री ङादि ग्रुप पावर लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सिद्धार्थ क्यापिटलले ङादि ग्रुपको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण काम गर्नेछ ।
उक्त सम्झौतापत्रमा ङादि ग्रुपका तर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
हाल ङादि ग्रुपको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ । ग्रुपले उक्त पूँजीको १० बराबर ३ को अनुपात अर्थात १६ लाख ०६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै छ । सो मात्राको हकप्रद सेयर निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकेको हो ।