अर्बौ वक्यौता नबुझाउने ११९ जनाकाे ३ पुस्ते सार्वजनिक, पूर्व प्रधानमन्त्रीदेखि शक्तिशाली सासंद र व्यापारीका सन्तान ताकेतामा

<p>काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको  अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले बुधबार वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै  ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको छ ।  महालेखाले सार्वजनिक गरेकाे ११९ जनाकाे विवरणामा [&hellip;]</p>

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको  अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले बुधबार वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै  ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको छ ।

 महालेखाले सार्वजनिक गरेकाे ११९ जनाकाे विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ ।

‘विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी रहेका छन् । पुरानो रकम भुत्तानी गर्न नआएपछि तीन पुस्ते विवरण जारी गरेका छौं ’ कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले भने् – “हामीले यसअघि घरमै पत्र काटेर पठाएका थियौ । तर कुनै प्रतिक्रिया आएन, त्यसैले तीन पुस्ते विवरण प्रकाशित गरेका छौ ।”

यो २०४० अघिको विषय भएकाले ऋण लैजाने मध्ये कतिपयको मृत्यु समेत भइसकेको छ । महालेखाले व्यक्तिलाई नभेटेपछि मालपोत कार्यलयमा पत्र काटेका छ । यदि सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र पनि बाँकी सरकारी रकम नबुझाए प्रक्रियाबाटै व्यक्तिको नाममा रहेको जग्गा लिलामी गरेर रकम उठाउँने महोत्राले बताए ।

सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । महालेखाले सेन्टरका प्रवन्ध निर्देशक राकेश वाधवाको ३ पुस्ते विवरण सार्वजनिक गरेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ ।

टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ ।

महालेखाले वर्षको एक पटक यस्तो सूचना सार्वजनिक गर्दै आएको छ । यसबाट वार्षिक ९० लाख देखि ८० लाखसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सुर्यमणी गौतमले बताए । महाशाखाले व्यक्तिले बुझाउनु पर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेस गरी बुझाउन अनुरोध गरेको छ ।

महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ कराेड रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएकाे महालेखाले जनाएकाे छ ।

यस्तो छ ११९ जनाको तीन पुस्ते विवरण

Share News