भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको भक्तपुर शाखाको स्थापनाको ५० औँ बर्षको अवसरमा भक्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोह बीच पूर्वमन्त्री तथा सँसद सदस्य महेश बस्नेतले स्वर्णमहोत्सव कार्यक्रमको सुभारम्भ गरेका थिए । भक्तपुर रेडक्रसका सभापति तथा स्वर्णमहोत्सव समारोहका सँयोजक मनोज थापाले जिल्लामा रहेका २१ वटा उपशाखा, ७७ वटा जुनियर सर्कल र १५ वटा यूवा सर्कलको सहयोगमा स्वर्णजयन्ती वर्षभरी विपद पूर्वतयारी र स्वास्थ्य क्षेत्रमा सेवा तथा चेतनामूलक ३ सय ६५ वटा कार्यक्रम गरिने घोषणा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले स्थानीय, प्रादेशिक तथा सँघीय तहमा भरखरै निर्वाचित जनप्रतिनिधिहरुसँग रेडक्रस लगायतका सँस्थाले सहकार्य गर्ने अवसर आइरहेको बताएका छन् । उनले भने “भक्तपुर लगायत देशैभरी विकासको नयाँ लहर ल्याउन खोजिएको छ, तर प्रदुषण, सडक दुर्घटना घटाउँदै शुरक्षित शहरहरु बनाउन सँघसँस्थाले योगदान गर्नुपर्दछ ।” हरेकहप्ता औषतमा भक्तपुरको ६ लेनको सडकमा दुर्घटनाको कारण एक जना युवाले ज्यान गुमाएका छन्, त्यतातर्फ थप काम गर्नु छ ।

भक्तपुर रेडक्रसका सभापति मनोज थापाले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई सुदृढ बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने शुरक्षित शहरका लागि विपद् पूर्वतयारीका क्षेत्रमा सँस्था क्रियाशिल छ । गत वर्ष २२ हजार युनिट रगत सँकलन र ४० हजार युनिट रगत वितरण गरिएको तथा २५०० परिवारको लागि राहत सामग्री भक्तपुरमा भण्डारण रहेको छ ।
कार्यक्रममा ५० वटा बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाल रेडक्रसका का.वा अध्यक्ष अजीत शर्मा, महामन्त्री देवरत्न धाख्वा, वाराही उपशाखाका सभापति राम खाटाखो, जुनियर युवाको तर्फबाट टेक नारायण, प्रधानाध्यापक तथा जुनियर सँरक्षकको तर्फबाट पद्म माध्यामिक विद्यालयका प्राचार्य राम हाडा, जिल्ला समन्वय समितिका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विभिन्न पुरस्कारहरु प्रदानः
जिल्ला शाखाको २३ औँ बार्षिक सभा समेतको कार्यक्रमको अवसरमा प्रमुख अतिथि बस्नेत तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष शर्माले गत आर्थिक बर्षको मूल्याँकनका आधारमा दुवाकोट उपशाखालाई अवाल अवार्ड तथा उत्कृष्ट उपशाखाको प्रमाण पत्र प्रदान गरे । बालकोट उपशाखा र झौखेल उपशाखाले उत्कृट दोस्रो र तेस्रो उपशाखाको पुरस्कार प्राप्त गरे ।
यसैगरी राकेश थापलाई उत्कृष्ट स्वयँसेवक, जुनियर सर्कलतर्फ विकास दाहाल, कर्मचारीतर्फ प्रतीक चासी र उत्कृष्ट यूवा सर्कल तर्फको लागेजु अवार्ड बाराही यूवा सर्कललाई प्रदान गरियो ।
२०२५ फागुन ७ गते भक्तपुरमा रेडक्रस शाखाको स्थापना भएको थियो ।