
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हकप्रद निष्कासनका लागि साधारण सभामा विशेष प्रस्तावका रुपमा लैजाने निर्णय सञ्चालक समितिले गरेको छ ।
यसअघि थप निष्कासन (एफपीओ) को प्रस्तावलाई स्थगन गरी हकप्रद निष्कासन गर्ने प्रस्ताव सञ्चालक समितिले पारित गरेको कम्पनी सचिव रञ्जु अधिकारीले बताइन ।