
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रित्त एक उपाध्यक्ष पदको निर्वाचन फागुन २५ गते शुक्रबार हुने भएको छ । महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका लागि निर्वाचन गर्न लागेको हो ।
गत चैतमा सम्पन्न महासंघको कार्यकारणी समितिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठ वेनी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि उनको महासंघको उपाध्यक्ष पद स्वतः खारेज भएको थियो ।
महासंघले गत भदौमा उनको पद खारेज गरी निर्वाचनको प्रक्रिया अघि बढाएपछि श्रेष्ठले यसका विरुद्धमा सर्वोच्च अदालत रिट दायर गरेका थिए । सर्बोच्चलदे बाटो खुला गरेपछि निर्वाचन हुन लागेको हो ।