काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आज (मंगलबार) देखि बन्द हुने भएको छ । 
माघ २१ देखि आईपीओ निष्कासन भएकोमा माग भन्दा बढी आवेदन परेपछि बन्द हुन लागेको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
सेयर निष्कासन बन्द ढिलोमा फागुन २१ गतेसम्मलाई तोकिएको थियो । आईपीओ खरिदका लागि न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ । आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानियबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न बन्देज लगाइएको छ । कम्पनीमा संस्थाकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ । कम्पनी कालिक ग्रुप अन्र्तगतको हो ।