फागुनमा पाथीभारा महोत्सव हुने, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

<p>काडमाडौं । नेपालको सबैभन्दा उचाइमा रहेको पाथिभारा मन्दिरमा महोत्सव आयोजना हुने भएको छ । १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित पाथिभारामा महोत्सव आयोजना गर्न लागिएको हो । पाथीभारा संरक्षण समितीले पत्रकार सम्मेलन गर्दै फागुन १ गते देखि ३ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, पाथीभारा म्याराथुन र [&hellip;]</p>

काडमाडौं । नेपालको सबैभन्दा उचाइमा रहेको पाथिभारा मन्दिरमा महोत्सव आयोजना हुने भएको छ । १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित पाथिभारामा महोत्सव आयोजना गर्न लागिएको हो ।


पाथीभारा संरक्षण समितीले पत्रकार सम्मेलन गर्दै फागुन १ गते देखि ३ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, पाथीभारा म्याराथुन र विविध साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ ।

यसैगरी आयोजक समितिले पाथिभाराको प्रचार प्रसार गर्नको लागी ५ हजार दुत बनाउने जनाएको छ । प्रमुख दुतमा नेकपा एमलेको सचिव योगेश भट्टराईलाई बनाएको छ ।

 

 

Share News