काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुर स्थित खुमलटारमा रहेको यूलेन्स स्कुल/यूलेन्स एजुकेसन फाउण्डेसनलाई तीन दिनभित्रमा वार्षिक शुल्क स्पष्ट पार्न निर्देशन दिएको छ । विभिन्न स्कुलहरुले विद्यार्थीहरुलाई ठगि गरेको उजुरीको आधारमा विभागले पछिल्लो समय स्कुलहरुको अनुगमन सुरु गरेको छ ।
बुधबार गरेको अनुगमनको क्रममा उक्त स्कुलले आर्थिक अनियमितता गरेको आशंका गर्दै वार्षिक शुल्क के कति आधारमा तयार गरेको हो, तीन दिनभित्र लिखित रुपमा प्रष्ट पार्न विभागले निर्देशन दिएको छ ।
भाटभाटेनीमा पनि भेटियो म्याद नघेको सामाग्री
सोही दिन गरिएको अनुगमनमा काठमाडौं स्थित चुच्चेपाटी भाटभटेनी सुपर मार्केटमा म्याद नघेको सामानहरु बिक्री गरिरहेको अवस्थामा भेटिएको थियो । म्याद नघेको क्यानवरी, गोल्डेन डेट्स, फ्यान्टा, सेभेनअप लगायत सामाग्रीहरु जफत गरी नष्ट गरिएको विभागका निर्देशक निरज पौडेलले जानकारी दिए ।
विभागले त्यस्ता म्याद नघेको सामान बिक्री नर्गन साथै तीन दिनभित्रमा सुपर मार्केटको व्यसाय दर्ता, प्यान दर्ता, कम्प्यूटर विलिङ्ग लगायतका सम्पूर्ण कागजात समेत विभागमा पेश गर्न निर्देशन दिइएको छ ।