प्रतिकित्ता २१० मा एनसीसी बैंकको ७० लाख संस्थापक सेयर लिलामीमा, एनबी समूह बाहिरिदै

<p>काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकबाट ठुलो लगानीकर्ता एनबी समूह बाहिरिने भएको छ । समूहले आफनो स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम २१० रुपैयाँ राखेर बिक्री गरेर बाहिरिन लागेको हो । संस्थापक सेयर खरिदका लागि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबार शिलबन्दी बोलपत्र आब्हान गरेको छ । इच्छुक व्यक्ति र [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकबाट ठुलो लगानीकर्ता एनबी समूह बाहिरिने भएको छ ।

समूहले आफनो स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम २१० रुपैयाँ राखेर बिक्री गरेर बाहिरिन लागेको हो ।

संस्थापक सेयर खरिदका लागि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबार शिलबन्दी बोलपत्र आब्हान गरेको छ ।

इच्छुक व्यक्ति र कम्पनीले फागुन ३ गतेसम्म बोलपत्र पेश गर्न सीबीआईएलले भनेको छ । प्रतिकित्ता २१० रुपैयाँअनुसार ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । एनसीसीको साधारण सेयर प्रतिकित्ता ३२५ रुपैयाँ छ । एनसीसीले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको गर्दैछ । एनबी समूहले हरिसिद्धि इँटा तथा टालय कारखाना लिमिटेड र अन्य ऋण तिर्नका लागि संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो । नेपाल बंगलादेश बैंकमा एनबी समूहले सेयर बिक्री गरेको छ ।

बैंकले २ बराबर १ अनुपातमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा जान लागेको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा ४०० प्रतिशत बढेको छ ।२०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ ।

Share News