काठमाडौं। नेपालका लागि यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको पुरानो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको जनाएको हो ।
ललितपुर जिल्लमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले नयाँ सोरुम स्थापना गरेको बताएको छ । सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेशनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेका थिए ।
उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले यामाहाका मोटरसाइकल र स्कुटरको बढिरहेको लोकप्रियताको कारण ठाउँ– ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्नु परेको बताए । ‘नयाँ सोरुमबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नेछन्,’ उनले भने ।
रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले निकट भविश्यमा उक्त सोरुमबाट सर्भिसको सुविधा थाल्ने बताए ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।