बुधबारदेखि सुरु भयो यातायात महासंघको महाधिवेशन

<p>काठमाडौं । चितवनमा बुधबारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अधिवेशन सुरु भएको छ । उक्त पाँचौं महाधिवेशन शुक्रबारसम्म चल्ने महासंघले जनाएको छ । देशभरबाट यातायात व्यवसायीहरुको प्रतिनिधित्व हुने उक्त महाधिवेशन सभ्य र भव्य हुने महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी गराएका छन् । महासंघमा बस, मिनिबस, माइक्रोबस लगायत करिब ३ सय वटा संघ/समिति/प्रालिहरु तथा विभिन्न प्रकृतिका [&hellip;]</p>

काठमाडौं । चितवनमा बुधबारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अधिवेशन सुरु भएको छ । उक्त पाँचौं महाधिवेशन शुक्रबारसम्म चल्ने महासंघले जनाएको छ । देशभरबाट यातायात व्यवसायीहरुको प्रतिनिधित्व हुने उक्त महाधिवेशन सभ्य र भव्य हुने महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी गराएका छन् ।

महासंघमा बस, मिनिबस, माइक्रोबस लगायत करिब ३ सय वटा संघ/समिति/प्रालिहरु तथा विभिन्न प्रकृतिका सार्वजनिक यातायातहरु आबद्ध छन् ।

महासंघका अनुसार यातायात क्षेत्रमा निजी क्षेत्रका व्यवसायीहरुको झण्डै साढे ५ खर्ब लगानी भइसकेको छ । विभिन्न प्रकृतिका करिब ४ लाख सार्वजनिक सवारीका साधन देशभर सञ्चालन हुदै आएको छ भने करिब २० लाख जनशक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

Share News