घटेको मूल्यमा सिमेन्ट बेच्न विभागको निर्देशन

<p>काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुलाई घटेको मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिएको छ । बुधबार विभागले राजधानीको विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुमा गरेको अनुगमनको क्रममा ती कम्पनीहरुले सिमेन्ट उत्पादक उद्योगहरुले सिमेन्टको भाउ घटाए पनि बिक्रेता कम्पनीले नघटाएको फेला पारेपछि विभागले घटाएर बेच्न निर्देशन दिएको हो । अनुगमनको क्रममा [&hellip;]</p>

काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुलाई घटेको मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिएको छ । बुधबार विभागले राजधानीको विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुमा गरेको अनुगमनको क्रममा ती कम्पनीहरुले सिमेन्ट उत्पादक उद्योगहरुले सिमेन्टको भाउ घटाए पनि बिक्रेता कम्पनीले नघटाएको फेला पारेपछि विभागले घटाएर बेच्न निर्देशन दिएको हो ।

अनुगमनको क्रममा विभागले काठमाडौं स्थित कोटेश्वरको न्यू त्रिवेणी हार्डवेयर, सोही ठाँउको ओम् सत्य साई ट्रेडर्स, स्पार्क इन्टरप्राइजेज लगायतले सिमेन्टको भाउ नघटाइ बिक्री गरेको भेटिएपछि घटाउन निर्देशन दिएको विभागको निर्देशक निरज पौडेलले जनाएका छन् ।

 

Share News