ग्राहकहरुको अधिक माग पछि एम आई ए १ मोबाइल रातो कलरमा

<p>काठमाडौं । नेपालमा मोबाइल बिक्री गर्दै आएको साओमी वत्सल इम्पेक्स प्रा.लिले ग्राहकहरुको अधिक माग पछि एम आई सिरीज अन्तर्गत एम आई ए १ फोन रोतो कलरमा पनि उपलब्ध गरेको छ । रातो प्रिमियम कलरमा रहेको एम आई ए १ फोनमा ५.५ इन्चको स्कृनको प्रयोग गरिएको छ । १२ मेगाफिक्सल डबल क्यामेरा रहेको उक्त मोबाइलमा ४ [&hellip;]</p>

काठमाडौं । नेपालमा मोबाइल बिक्री गर्दै आएको साओमी वत्सल इम्पेक्स प्रा.लिले ग्राहकहरुको अधिक माग पछि एम आई सिरीज अन्तर्गत एम आई ए १ फोन रोतो कलरमा पनि उपलब्ध गरेको छ ।

रातो प्रिमियम कलरमा रहेको एम आई ए १ फोनमा ५.५ इन्चको स्कृनको प्रयोग गरिएको छ । १२ मेगाफिक्सल डबल क्यामेरा रहेको उक्त मोबाइलमा ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक संञ्चय क्षमता रहेको कम्पनीले जनाएको छ ।

नयाँ कलरमा ल्याइएको फोनमा ३०८० एम ए एच को ब्याट्री सहित फिङ्गर सेन्सरको पनि प्रयोग गरिएको छ । यस मोबाइलको बजार मूल्य कम्पनीले २७ हजार राखेको छ ।

Share News