काठमाडौं । जुस्तोसुकै लाइटमा पनि सेल्फी तथा फोटो खिच्न सकिने क्यामोन आई मोबाइल फोन बजारमा आएको छ । सञ्चार सम्बन्धी विभिन्न उपकरणहरु उत्पादन गर्दै आएको ट्रान्ससन् होल्डिङ्ग कम्पनीले मोबाइल फोन उत्पादन गरी नेपाली बजारमा ल्याएको हो ।

सार्वजनिक गरिएको नयाँ क्यामोन आई मोबाइलमा १३ एमपी रियर, एल.इ.डी लेन्स फ्ल्यास साथै ५ पीको लेन्स प्रयोग गरिएको छ । ३ जीबी र्यामको यस मोबाइलमा ३२ जीबीको आन्तरिक संञ्चय क्षमता रहेको छ ।

त्यसैगरी मोबाइलमा प्रयोग गरिएको ५.६५ इन्चको एचडी स्कृनबाट सजिलैसँग भिडियो, गेम तथा अन्य एप्सहरु प्रयोग गर्न सकिनेछ । ग्राहकले मोबाइल किनेको एक सय दिन सम्म कुनै समस्या आएमा कम्पनीले रिप्लेसमेन्टको पनि व्यवस्था गरेको छ । तीन कलरमा उपलब्ध क्यामोन आई मोबाइलको मूल्य कम्पनीले १८ हजार ५ सय रुपैंया तोकेको छ ।

ट्रान्ससनले नेपालका लागि महालक्ष्मी मोबाइल बिक्रेता कम्पनीको सहकार्यमा ४ महिना अघि देखि आइलेट, टेक्नो र अटोइमा मोबाइल नेपाली बजारमा भित्र्याएको थियो । आइलेट ब्राण्डले छोटो समयमै नेपाली बजारमा लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ ।

कम्पनीले नेपाल सहित विभिन्न १६ वटा देशहरुमा मोबाइल बिक्री वितरण गर्दै आएको छ ।