केश कन्स्ट्रक्सनको नयाँ सोरुम जनकपुरमा, अन्य विभिन्न स्थानमा खोल्ने तयारी

<p>काठमाडौं । केश कन्स्ट्रक्सन कम्पनीले आफ्नो नयाँ सोरुम जनकपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनय कुमार यादव र जगदम्बा मोटर्स हेवी इक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयुक्त रुपमा गरेका हुन् । व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले केश कम्पनीका [&hellip;]</p>

काठमाडौं । केश कन्स्ट्रक्सन कम्पनीले आफ्नो नयाँ सोरुम जनकपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनय कुमार यादव र जगदम्बा मोटर्स हेवी इक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयुक्त रुपमा गरेका हुन् ।

व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले केश कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ । “देश निर्माणको सारथी” भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले अहिले सम्म देशभरी १३ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पुर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै सोरुमहरु मार्फत सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

“देश निर्माण गर्ने महान अभियानमा आ आफ्नो क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने अभिभारा हामी सबैमा रहेको र सो क्रममा स्वच्छ सेवा प्रदान गर्नुपर्ने जिम्मेवारी रहेकाे” कम्पनीका प्रमुख देउजाले बताए । साथै, केश कन्स्ट्रक्सन आफ्नो जिम्मेवारीप्रति कटिवद्ध रुपमा लागी परेको उनले बताए ।

साथै, जगदम्बा मोटर्सले जनकपुरपछि देशका विभिन्न स्थानहरुमा आफ्ना नयाँ शोरुमहरु खोल्दै जाने तयारी गरेको छ ।

Share News