देउराली जनता फर्मास्यूटिकल्सले नशा रोग र मनोचिकित्साको औषधि उत्पादन गर्ने

<p>काठमाडौं । विभिन्न रोगको औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्यूटिकल्सले अब अत्यावश्यक नशारोग र मनोचिकित्सा लगायतकोे औषधि उत्पादन गर्ने भएको छ । विभिन्न ३ सय २० थरीका औषधि उत्पादन गरिरहेको उक्त कम्पनीले राजधानीमा मंगलबार आफ्नो २७ औं वार्षिकोत्सव समारोह मनाउने क्रममा आगामी दिनमा अत्यावश्यक नशारोग र मनोचिकित्साको औषधि उत्पादन गरी बजारमा बिक्री गर्ने जनाएको हो [&hellip;]</p>

काठमाडौं । विभिन्न रोगको औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्यूटिकल्सले अब अत्यावश्यक नशारोग र मनोचिकित्सा लगायतकोे औषधि उत्पादन गर्ने भएको छ ।

विभिन्न ३ सय २० थरीका औषधि उत्पादन गरिरहेको उक्त कम्पनीले राजधानीमा मंगलबार आफ्नो २७ औं वार्षिकोत्सव समारोह मनाउने क्रममा आगामी दिनमा अत्यावश्यक नशारोग र मनोचिकित्साको औषधि उत्पादन गरी बजारमा बिक्री गर्ने जनाएको हो ।

समारोहमा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले अहिले सबै राजनैतिक दलहरुले आर्थिक समृद्धिको वकालत गरिरेहेको भन्दै त्यसलाई ब्यवहारमा उतार्न पर्नेमा जोड दिए । ‘सरकारले आर्थिक समृद्धिको पाटोलाई व्यवहारमा उतार्ने हो भने निजी क्षेत्र २४ घण्टै अहोरात्र काममा खटिन तयार छ,’ उनले भने ‘सरकारले चाहेमा आगामी दश वर्षभित्र मुलुकबाट गरिबी हटाउन सम्भव छ।’ त्यस दिशामा सरकार अघि बढ्न पर्ने उनको भनाइ छ ।

कम्पनीको क्षमताको अहिले ६५ प्रतिशत मात्र प्रयोग भइरहेको छ । बाँकीे ४५ प्रतिशत क्षमता प्रयोग हुन बाँकी छ । त्यसलाई प्रयोग गरी नशारोग र मनोकित्साको औषधी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले हाल मुटु, मधुमेह, चर्म लगायतका सबै खाले सरुवा रोगहरुको ३२० थरी औंषधीहरु अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी उत्पादन गर्दै आइरहेको छ ।
यसैगरी कम्पनीले अगामी दिनमा उत्पन्न गरिने औषधि अनुसन्धानको लागि छुट्टै विभागको व्यवस्था गरेको बताएको छ ।

कुल एक अर्ब ३२ करोड लागतमा सञ्चालन भएको देउराली जनता फर्मास्यूटिकल्सलले ४ सय ५० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । त्यस्तै १० हजारभन्दा बढी संख्यामा अप्रत्यक्ष रुपमा कम्पनीको माध्यमबाट लाभान्वित भएक कम्पनीका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बताए । कम्पनीले उत्पादन गर्ने गरेको औंषधिले गुणस्तरिय छ । अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमत भएता पनि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको उनको दुखेसो छ ।

हाल नेपाली बजारमा ५५ प्रतिशत विभिन्न औषधिहरु मुलुकबाहिरबाट आयात गरिन्छ । ४५ प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुनेगरेको छ ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण ढकाल, नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

लामो समय काम गरेका तथा महोत्सवको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न खेलका विजयीहरुलाई कार्यक्रमको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Share News