वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग, चैतदेखि मात्र वितरण गर्ने निर्णय

<p>काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ । सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध-वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो । [&hellip;]</p>

काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ ।

सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध-वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो ।

विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए ।

“सरकारले गरेको निर्णय हामीलाई मन्त्रालयबाट कार्यान्वयन गर्न निर्देशन आउनुपर्छ”, उनले भने, “ निर्देशन आएपछि तेस्रो चौमासिकबाट मात्र वितरण सक्छौ । ”

“मन्त्रालयको वितरण गर्ने निर्देशनपछि हामीले तथ्याङ्क विभागबाट ६५ वर्ष उमेर पुगेका वृद्धको तथ्याङ्क संकलन गर्छौ । शाखा अधिकृत बस्नेतले भने, “अनि चैतदेखि मात्र वितरण गर्न सक्छौँ।”

विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ । रासस

Share News