एनबीआइले ‘हुम्यान क्यापिटल कन्फिरेन्स’ आयोजना गर्ने, सबै कर्मचारीलाई उपयुक्त हुने

<p>काठमाडौं । नेशनल बैंकिंग इन्सटिच्यूट(एनबीआई)ले आगामी माघ २३ गते काठमाडौँमा “हुम्यान क्यापिटल कन्फिरेन्स” आयोजना गर्ने भएको छ । अहिलेको बदलिँदो परिस्थितिमा मानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्ने उद्देश्य सहित एनबीआईले यस कन्फिरेन्सको आयोजना गर्न लागेको हो । हुम्यान क्यापिटल एउटा सबल संस्थाको लागि महत्वपूर्ण हुनुका साथै बहुआयामी, रणनितिक एवं दुरगामी प्रभाव [&hellip;]</p>

काठमाडौं । नेशनल बैंकिंग इन्सटिच्यूट(एनबीआई)ले आगामी माघ २३ गते काठमाडौँमा “हुम्यान क्यापिटल कन्फिरेन्स” आयोजना गर्ने भएको छ ।

अहिलेको बदलिँदो परिस्थितिमा मानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्ने उद्देश्य सहित एनबीआईले यस कन्फिरेन्सको आयोजना गर्न लागेको हो ।

हुम्यान क्यापिटल एउटा सबल संस्थाको लागि महत्वपूर्ण हुनुका साथै बहुआयामी, रणनितिक एवं दुरगामी प्रभाव पार्ने पक्ष हो । संस्थाले अगिंकार गर्ने संस्कृतिको पहिचान गर्ने प्रवर्दन, बिकास गर्नु मानव संसाधन व्यवस्थापनको चुनौति हुँदै गएको छ । त्यसैगरी नै सिकाई र क्षमता वृद्धिमा प्रविधिले क्रान्ति ल्याएको छ, जसलाई समय सापेक्ष कार्यान्वयन गर्न महत्वपूर्ण देखिएको छ ।

यस सम्मेलनमा मानव संसाधन विकास सम्बन्धि विभिन्न अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त वक्ता र विज्ञहरुद्धारा सम्बोधन हुनेछ । यी विज्ञहरुमध्ये आईडीएफसी बैंक कि सिनियर एक्स्कियूटीभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधी, पार्टनर एण्ड हेड केपीएमजी एकेडेमीका निश्चय सुरी र हेड अफ ट्रेनिङ एण्ड डेभलपमेन्ट साउथ एसिया, जोनसोन एण्ड जोनसोन भिजन केएर, इन्कका सदन के भट्टचार्य रहने छन् ।

यस सम्मेलन सबै संघ संस्थाका कर्मचारीहरुलाई उपयुक्त हुने छ ।

Share News