काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमाले महासचिव ईश्वर पोखरेललाई भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरेका छन् । देउराली जनता फर्मास्युटिकल्स प्रालीको २७ औं बार्षिकोत्सवका अवसरमा आयोजीत कार्यक्रममा उपराष्ट्रपति पुनले पोखरेललाई भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरेका हुन् ।

पोखरेललाई भावी गृहमन्त्रीका रुपमा अग्रिम बधाई समेत दिन भ्याए । उनले भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरिरहँदा मञ्चमै रहेका पोखरेल भने मुसुमुसु हासिरहेका थिए ।
भावी सरकारमा पोखरेल पनि मन्त्री बन्ने चर्चा चलिरहेका बेला उपराष्ट्रपतिले नै गृहमन्त्री बन्ने बताएपछि अब एमाले वृतमा नयाँ तरंग आउनेछ ।