काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुको कमाई ६ महिनामा २२ अर्ब ८१ करोड पुगेको छ । बाणिज्य बैंकहरुले २०७४ पुस मसान्तसम्ममा आफ्नो नाफा २२ अर्ब ८१ करोड पुर्याएका हुन् । यो नाफा तिनै बैंकहरुले २०७३ पुसमा कमाएको भन्दा २ अर्ब १० करोड अर्थात १०.१४ प्रतिशतले बढि हो ।
२०७३ पुससम्ममा २८ वटा बाणिज्य बैंकहरुले २० अर्ब ७१ करोड नाफा कमाएका थिए । २८ वटा बाणिज्य बैंकमध्ये २० वटाले नाफा बढाउन सफल भएका छन् भने बाँकी ८ वटा बैंकको नाफा घटेको देखिन्छ ।
सबैभन्दा धेरै नाफा नविल बैंकले गरेको छ भने कम कमाउने बैंकको सूचिमा सिभिल परेको छ । नविलले एक अर्ब ८३ करोड नाफा कमाएको छ भने सिभिलले जम्मा २१ करोड कमाएको छ । नविलले एक अर्ब ८३ करोड ७७ लाख नाफा गरेर पहिलो नम्बरमा परेको छ भने छ नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ अर्ब ८३ करोड नै नाफा गरेर दोश्रो नम्बरमा परेको छ ।
२८ मध्ये ९ वटा बाणिज्य बैंकहरुले भने ६ महिनामै एक अर्ब नाफा कमाउन सफल भएको देखिन्छ ।
