काठमाडौं । मोबाइल बिक्रेता कम्पनी सामसुङले १३ मेगाफिक्सल क्यामेरा क्षमताकोे ग्यालेक्सी जे सेभेन बजारमा ल्याएको छ ।

३ जीबी र्याम रहेको यस मोबाइलमा सजिलै डाउनलोड, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सकिने कम्पनीले जनाएको छ ।
३२ जीबी आन्तरिक सञ्चय क्षमता रहेको यस मोबाइलमा २ सय २४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । सार्वजनिक भएको नयाँ फोनमा एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ ।
कम्पनीको अनुसार यस मोबाइल फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म ईन्टरनेट, १७ घण्टा भिडियो प्लेब्याक, ८० घण्टा अडियो र २१ घण्टा सम्मको टक टाइम क्षमता राख्छ ।
तीन कलरमा उपलब्ध जे सेभेनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० रुपैंया निर्धारण गरेको छ ।