एनसीसी बैंकको नयाँ शाखा रातोपुलमा

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको रातोपुलमा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नुपर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको रातोपुलमा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नुपर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता व्यक्त गरेका छन् ।

नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पुर्याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै जाने छ ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हालसम्म बैंकको ८० वटा शाखा संचालनमा रहेका छन् ।

Share News