काठमाडौं। आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपालमा आफ्नो सेवा सञ्चालन गरेको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण प्रडक्टहरुमा उक्त छुट दिने घोषणा गरेको छ ।
काठमाडौंमा जारी क्यान इन्फोटेक मेलाको अबधिभर डिजिकमको स्टलमा ग्राहकहरुले सो छुट प्राप्त गर्ने कम्पनीका अध्यक्ष अरुण कुमार बन्सलले बताए ।
त्यस्तै कम्पनीले सोमबार जारी मेलाको आफ्नो स्टलमा वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा कम्पनीको ब्राण्डएम्बास्डर चर्चित कलाकार तथा निर्माता/निर्देशक दिपाश्री निरौलाको सहभागीता थियो ।
सन् १९९८ मा कम्पनीले उक्त डिजिकम ब्राण्डका सीएटीभी, अप्टिकल फाइबर केबल, नेटवर्किङ केबल लगायतका आईटी सामाग्रीहरु बिक्री गर्दै आएको छ ।
कम्पनीले सन् २००४ मा नेपाली बजारमा फाइबर अप्टिकल केबल भित्र्याएको बताएको छ ।
डिजिकमका ७ सयभन्दा बढी प्रटक्टहरु नेपली बजारमा उपलब्ध छ ।