नबिल फाउण्डेसनद्धारा सिविन-नेपालले संचालन गरेकोे वेभसाईट प्रवद्र्धनमा सहयोग

<p>काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले विशेष गरी बालबालिकाहरुकालागी संचालन गरेको वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” को प्रवद्र्धनमा सहयोग स्वरुप रु. १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम [&hellip;]</p>

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले विशेष गरी बालबालिकाहरुकालागी संचालन गरेको वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” को प्रवद्र्धनमा सहयोग स्वरुप रु. १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष माधव प्रधानलाई हस्तान्तरण गरेका छन् ।

सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन-नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” संचालन गरेको छ । उक्त वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नितीहरु समावेश गएिको छ ।

नबिल फाउण्डेसनका अध्यक्ष अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको बृति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सिविन–नेपाल परिवारले नबिल बैंक तथा नबिल फाउण्डेसनलाई सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

Share News