काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघले सातौं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीको भृकुटी मण्डपमा आयोजना गर्ने भएको छ ।
“नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मुल नारा लिई हुने मेला फागुन २४ गते देखि २८ सम्म हुने भएको हो ।
महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै मेलामा ३ सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु रहने जानकारी दिएको छ ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष मेलाको आकर्षण फरक हुने महासंघको अक्ष्यक्ष भवानी राणाले बताइन । महासंघ आफ्नो विद्यान संशोधन गरी प्रादेशिक ढाचाँमा गैसकेको जानकारी दिदैं राणाले नेपाली बस्तु अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्दन गराउन भारतमा समेत व्यापार मेला सञ्चालन गर्ने जानकारी दिइन ।
स्टलमा सार्क राष्ट्र सहित चीन, थाइल्यान्ड, मलेशिया लगायतका राष्ट्रहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । ३ सय स्टल मध्ये २ सय २० स्टल बुकिङ्ग भैसकेकोे छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा भवन तथा सवारी साधन सम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहनेछन् ।
गत साल एक लाख भन्दा बढी मानिसहरुले अवलोकन गरेको मेलामा यो वर्ष २ लाख भन्दा बढी स्वदेशी तथा विदेशी मानिसहरुले शवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।