काठमाडौं । आदित्य बिर्ला फ्याशन एण्ड रिटेल लि. ले आफ्नो लुई फिलिप ब्राण्ड नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आफ्नो पहिलो एक्सक्लुसिभ ब्राण्ड आउटलेट ललितपुरको लबिम मलमा लन्च गरेको छ । उक्त ब्राण्डकाे उद्घाटन नेपालका लागि भारतका राजदुतक एच.इ. मानजीव सिंह पुरीका साथ आदित्य बिर्लाका अन्तर्राष्ट्रिय बजारका निर्देशक विक्रम शिवदासले गरेका हुन् ।

उक्त आउटलेटको लन्च गर्दै कम्पनीले आफ्नो प्रिमियम मेन्सवेयर ब्राण्ड, लुई फिलिपको आगमन नेपालमा भएको घोषणा गरेको छ । नेपालमा लञ्च गर्नु पहिले कम्पनीले युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका जस्ता अन्तर्र्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई स्थापित गरिसकेको जनाएको छ ।
स्टोर उद्घाटन गर्ने कार्यक्रममा बिर्लाका फ्याशन एण्ड रिटेलका निर्देशक, शिवदासले लुई फिलिपको एक्सक्लुसिभ ब्राण्ड आउटलेटको लन्चका साथ, हामीले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्ने योजना गरेको बताएका छन् । यस्तै, कम्पनीको बजार अध्ययनले नेपाल अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकि यहाँ फ्याशेनेबल, एलिगेन्ट र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तरको प्रिमियम अपेरेलप्रति शहरी पुरुषहरुको रुचि बढ्दै गइरहेको उनले बताए । साथै, उनले लुई फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाई पूरा गर्न सक्ने बताएका छन् ।
लुई फिलिप प्रिमियम मेन्सवेयरको सेग्मेन्टमा भारतमा अग्रणी स्थानमा पर्छ । यस ब्राण्डले फाइन क्लोदिङ्गमा फरमल्स, सेमी फरमल्स र एसेसरिज्मा एलिगेन्सको मूर्तरुप प्रदान गर्दछ ।
आरपी समूहका निर्देशक रुपेश पाण्डेले लुई फिलिपले आफ्नो उत्कृष्ट गुणस्तर र अपेरेल्सको वृहत् रेन्जका साथ बजारको परिवर्तित आवश्यकतालाई पूर्ति गर्ने बताएका छन् ।