काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सेयरमा भ्याट नलाग्ने बताए पनि सोमबारको बजार बढ्न सकेन । भावी प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको एक कार्यक्रममा सेयर बजारमा भ्याट नलाग्ने प्रतिवद्धता जनाएका थिए र सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका थिए । तर उनको यस अनुरोधले सेयर बजारलाई रत्ति पनि नछोएको देखिन्छ ।
सोमबार सेयर बजार ३.७२ अंकले घट्नुमा ओलीले गरेका प्रतिवद्धताले काम नगरेको बुझिन्छ । सो दिनको बजार सामान्य अंकले घटेर १४०२.२३ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन ट्रेडिङ र हाइड्रोपावर समूहको परिसूचक बाहेक बाँकी सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह २१ अंकले झरेको छ ।
त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशत गुमाएका छन् ।