काठमाडौं । एलजी ब्राण्डले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टू थाइल्याण्ड २०१८” नाराका साथ ४५ डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगेको छ । एलजीले आफ्ना डिलर्सहरुलाई पाँच दिनको लागि थाइल्याण्ड भ्रमणमा लगेको हो ।

प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यकासाथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगिएको बताएको छ ।
नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।