काठमाडौं । नेपाली चलचित्रका नायक अनमोल केसीले बेनेली ब्राण्डका लियोंसिनो मोटरसाईकलको उद्घाटन गरेका छन् । उनी बेनेली नयाँ ब्रान्डका प्रतिनिधि हुन् ।
मोटरसाईकल इस्क्राम्बल शैलीको छीटो, छरितो र सानदार रहेको कम्पनीको भनाइ छ । मोटरसाईकलमा १७ इञ्चको मिश्रधातुले बनेको पांग्रा जडान गरिएको छ । यसको अगाडी १२०/७० ‘जेडआर’–१७ र पछाडी १६०/६० ‘जेडआर’–१७ पांग्रा रहेको छ । जसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन रक्षको ग्यारन्टी दिने कम्पनीको दावी छ ।
त्यस्तै मोटरसाईकलको अप्साइड डाउन ४५ एमएमफोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिंग सिंगल पिस्टन क्यलिपररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने बताइएको छ ।
मोटरसाइकल ५ सय सिसिको लिकुइडमा प्रस्तुत गरिएको छ । जसले ८५०० आरपिएममा ४८ सिभी अधिकशक्ति र ४५०० आरपिएममा ४६ एनएम (४.६ केजी) को अधिक टोर्क रहेको जनाइएको छ । हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियर बक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिने कम्पनीले बताएको छ ।
रातो, सिल्भर र कालो रंगमा उपलब्ध मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ कम्पनीले जानकारी गराएको छ ।