केपी ओलीले भने-लगानीकर्ता नआत्तिनुस्, सेयरमा भ्याट लाग्दैन(भिडियोसहित)

<p>काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा [&hellip;]</p>

काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं’, ओलीले भने ।

उनले बामपन्थी सरकारलाई देखाएर लोकतन्त्र मासिने, खुल्ला बजार अर्थतन्त्र नासीने तथा लगानीकर्ता निरुत्साहित हुने अफवाह फैलाईएकोमा आपक्ति समेत जनाए । ‘नेपालका बामपन्थीहरुले आफ्नो जीवन नै लोकतन्त्र प्राप्तीका लागि समर्पण गरेका छन्, जसले लोकतन्त्र ल्यायो उसैले लोकतन्त्र मास्छ भन्ने हल्ला चलाईएको छ, तपाईहरु त्यस्ता अफवाहको पछि नलाग्नुस’, ओलीले भने ।

उनले बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरे । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, ओलीले भने । उनले सेयरमा भ्याट लाग्न नदिने पनि स्पष्ट पारेका छन् । ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप पनि लगाए ।

काँग्रेसले आफुले राज्यको ढुकुटी भरेकाले मास्ने अधिकार पाउनुपर्ने तर्कको गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यस्ता गलत निर्णय सबै खारेज गर्ने पनि स्पष्ट पारे ।

Share News