सिभिल बैंकको नाफा ३१ प्रतिशतले वृद्धि, खराब कर्जा ४.५० प्रतिशत

<p>काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो । बैंकले २६ करोड राइट ब्याकबाट आम्दानी गरेको छ भने ३९ करोड प्रोभिजन गरेको छ । सिभिल बैंकको [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो ।

बैंकले २६ करोड राइट ब्याकबाट आम्दानी गरेको छ भने ३९ करोड प्रोभिजन गरेको छ । सिभिल बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको छ । बैंकले ६ महिनामा ३७ अर्ब निक्षेप संकलन गरेर ३३ अर्ब कर्जा लगानी प्रवाह गरेको छ ।

सिभिलले २ अर्ब २ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ४२ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको सिडी रेसियो ७६.१२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ८.३४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.५६ रुपैंयाँ रहेको छ ।

Share News