स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १ अर्ब १ करोड

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ । &nbsp; गत आवको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ गरेको थियो । यो वर्षको ६ महिनामा बैंकले २७ करोड रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

 

गत आवको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ गरेको थियो । यो वर्षको ६ महिनामा बैंकले २७ करोड रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत २.४२, सीडी रेसियो ७८.९७, आधार ब्याजदर ५.८०, स्पेड दर ६.९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसामा झरेको छ ।

समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ६१ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ ।

गत पुससम्म बैंकले ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

Share News