काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको नाफा ४०० प्रतिशतले बढेको छ ।२०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँकाे भने राइट ब्याकको हिस्सा रहेको छ ।

बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ ।
बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।
बैंकको प्रति सेयर आम्दानी १०.२४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । एनसीसीको सिडी रेसियो ७६.४८ प्रतिशत रहेको छ ।